२०८० चैत्र १६, शुक्रबार    

बिद्युत प्राधिकरणको ३७ औं वार्षिकोत्सवमा बृक्षारोपण

२०७९ श्रावण ३१, मंगलबार ११:१४ बजे

नेपाल बिद्युत प्राधिकरणको ३७ औं वार्षिकोत्सवको अवसरमा नेपाल बिद्युत प्राधिकरण भुटनदेवी परिसरमा सरसफाई तथा बृक्षारोपण गरिएको छ । नेपाल बिद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयको आयोजनामा सरसफाई तथा बृक्षारोपण गरिएको हो ।

कार्यालय परिसरमा जामुन, अमला, कपुर, तेजपत्ता, छतिवन, अम्बा, एभोकाडो, पारिजात, कागती लगायतका वनस्पती तथा फलफुलका बिरुवा रोपण गरिएको रचना गोर्खालीले जानकारी दिइ्न । जडिबुटी अनुसन्धान केन्द्रबाट बिरुवा ल्याइएको थियो ।

बृक्षारोपण कार्यक्रममा नेपाल बिद्युत प्राधिकरण बागमती प्रदेशका डिभिजन प्रमुख दिपेन्द्रराज द्धुवेदी, हेटौंडा वितरण केन्द्रका कार्यालय प्रमुख नरेन्द्र बिर श्रेष्ठ, चनौली वितरण केन्द्रका प्रमुख शिशिर लम्साल, डिभिजन कार्यालयका उमेश प्रसाद यादव, संजयकुमार गुप्ता, प्रितमराज बिष्ट, संजय कुमार श्रेष्ठ भँडेल, प्रशासन प्रमुख रामचन्द्र पौडेल, सहायक प्रशासकिय अधिकृत भरत भण्डारी, प्रेम प्रसाद द्लाल, रमेश पराजुली, पूर्णिमा गोले, शिवप्रसाद चौलागाई लगायतकाको सहभागिता रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा यसअघि ब्याटमिन्टन प्रतियोगिता र रक्तदान कार्यक्रम भएको थियो । यस डिभिजन अन्र्तगत ६ वटा वितरण केन्द्रहरु रहेका छन् । मकवानपुरको पालुङ र हेटौंडा, चितवनको चनौली, भरक्तपुर, रत्ननगर टाँडी वितरण केन्द्र र सिन्धुली जिल्लाको सिन्धुली वितरण केन्द्र रहेका छन् ।