२०८१ बैशाख २४, सोमबार    

हेटौंडा परिक्रमा गर्दै सकियो कोरा साइकल र्‍याली

२०७९ श्रावण २१, शनिबार १७:३५ बजे

हेटौंडा राइडर्स क्लबको आयोजनामा शनिबार हेटौंडामा भएको कोरा साइकल र्‍याली सकिएको छ ।

क्लब अध्यक्ष विकास ताम्राकारका अनुसार साइकल र्‍यालीमा विभिन्न जिल्लाका एकसय ८० जना राइडरहरु सहभागी भएका थिए । विहान ७ बजे हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरबाट सुरु भएको साइकल र्‍यालीले करिब ५० किलोमिटरको यात्रा पूरा गरेका थिए । भुटनदेवी मन्दिरमा हेटौंडा–२ का वडाअध्यक्ष विष्णुगोपाल महर्जनले र्‍यालीको उद्घाटन गरेका थिए । र्‍यालीमा सहभागीहरुले हेटौंडा क्षेत्रका विभिन्न मठमन्दिर तथा पर्यकीय स्थलको परिक्रमा गरेका थिए ।

भुटनदेवी मन्दिरबाट हर्नामाडीस्थित गुम्बाडाँडा पुगेर हटियाहुँदै हेटौंडा मुख्यबजारस्थित बुद्धचोकमा आएर साइकल र्‍याली टुंगिएको हो । र्‍यालीमा काठमाडौं, पोखरा, धरान, बारा, पर्सा, रौतहट र चितवनलगायत जिल्लाबाट साइकल यात्री सहभागी हुनेछन् । साइकल यात्रामा सहभागीहरुलाई मनोरञ्जनका लागि हेटौंडाको अनविज्ञ व्याण्डले गुम्बाडाँडामासांगीतिक कोसेली प्रस्तुत गरेका थिए ।