२०८१ बैशाख १५, शनिबार    

कोभिड सङ्क्रमितहरुलाई फोक्सोमा रगत जम्ने समस्या

२०७९ जेठ १९, बिहीबार १३:३४ बजे

कोभिडको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ ।हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएको छ ।


कोभिडको सङ्क्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा यस्तो समस्या दोब्बर देखिएको अध्ययनमा पाइएको हो । युएस सेन्टरस् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको अध्ययनबाट सो पाइएको बताइएको छ । 

सन् २०२० को मार्चदेखि सन् २०२१ को नोभेम्बरसम्म कोभिड सङ्क्रमणमा परेका करिब ३ लाख ५० हजार जना मानिसमा सो अनुसन्धान गरिएको सो सेन्टरले जनाएको एएफपी समाचार समितिले गत हप्ता जनाएको छ ।