२०८१ बैशाख २१, शुक्रबार    

म्यानेजमेन्टमा पहिलो दिन एकहजारको स्वास्थ्य परीक्षण

२०८० असार २३, शनिबार ०६:५८ बजे

पहिलो दिन एकहजार बढीको स्वास्थ्य परीक्षण शुक्रबारबाट हेटौंडामा सुरु भएको दुईदने निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन एकहजार भन्दा बढीले स्वास्थ्य परीक्षण गरेका छन् ।

हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइसेन्स महाविद्यालयमै सञ्चालन भैरहेको दुईदिने शिविरमा जनरल मेडिसिन, प्रसुति तथा स्त्री, बालरोग, शल्यक्रिया, मानसिक तथा नशा, छाला तथा यौनरोग, हाडजोर्नी, नाक, कान घाँटी, आँखा, इसीजी, भिडियो एक्सरे, रगत तथा पिसाब परीक्षण, न्युरो सर्जरी तथा मुटुरोगको परीक्षण भैरहेको छ। आज शनिबार पनि विहानबाटै निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने क्याम्पसले जनाएको छ ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस महाविद्यालयको आयोजनामा र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविरको आयोजना भएको हो ।