२०८० चैत्र १६, शुक्रबार    

सहकारीद्वारा असल ५ ऋणीलाई व्याज छुट

२०७८ चैत्र २२, मंगलबार १५:१९ बजे

हेटौंडा–२, बुद्धचोकस्थित ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बार्षिकोत्सवको अवसरमा असल ५ ऋणीलाई व्याज छुट दिएको छ । बार्षिक व्याजदरमा १ प्रतिशत छुट दिने निर्णय गरिएको सहकारीकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिइन् ।

२३ औं बार्षिकोत्सवको अवसरमा मंगलबार कार्यालयमै एक कार्यक्रमकाबीच असल ऋणीलाई सम्मानस्वरुप व्याजदरमा छुट दिइएको प्रमाणपत्र प्रदान गरिएको छ । व्याज छुट पाउने असल ऋणीमा टिकामाया स्याङ्तान, ब्रम्ह्कुमार श्रेष्ठ, विदुर सिग्देल, शोभाकुमारी घिमिरे र संगीता बिश्वकर्मा मण्डल रहेका छन् ।

२ हजार ४ सय सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी २ करोड ४० लाख रुपैयाँ, बचत संकलन ७ करोड रुपैयाँ, बाह्य ऋणको दायित्व ६ करोड रहेको व्यवस्थापक नानीराम अर्यालले जानकारी दिए । सहकारीले १४ करोड रुपैयाँ ऋण प्रवाह गरेको पनि व्यवस्थापक अर्यालले जानकारी दिए ।