२०८१ बैशाख ७, शुक्रबार    

हेटौंडामा उद्यमशीलताको संभावना खोजी

२०७९ श्रावण २६, बिहीबार १३:५१ बजे

उत्पादन र स्वरोजगार संग जोड्दै उद्यमशीलताको संभावनाको खोजी गरिएको छ । उद्यमशीलता अभिमुखीकरण तथा संवाद कार्यक्रममा ग्रिन फाउण्डेशन नेपालको आयोजनामा हेटौंडामा भएको अभिमुखीकरण तथा संवाद कार्यक्रममा उद्यमशीलताको संभावना, समस्या, अहिलेको अवस्था, बजारीकरण लगायतका बिषयमा सरोकारवालाहरुले चर्चा गरेका थिए । स्थानीय संभाव्यता र सीपलाई सदुपयोग गर्दै उद्यमी बन्न प्रेरित गरिएको थियो । उद्यमशीलताको विकासमा स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने कार्यक्रमका सहभागीले धारणा राखेका छन् । उद्यमशीलताको विकासले नै गरीबी निवारण गर्न सकिने उनीहरुको धारणा थियो ।

कार्यक्रममा दुना टपरी, अगरबत्ती, गाई, बाख्रा, कुखुरा पालन, कृषि उत्पादन सम्बन्धी उद्यमी गरिरहेका उद्यमीहरुको सहभागिता रहेको थियो । उनीहरुले उद्योग दर्ता प्रक्रिया झन्झटिलो, महङ्गो, दक्ष जनशक्तिको अभाव, समयमा मल बिउ नपाउने, बजारिकणमा समस्या, उत्पादन लागत महङ्गो पर्ने र बेच्ने बेलामा उचित भाउ नपाउादा घाटा भएको लगायतका समस्या राखेका थिए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका वडाहरुमा रहेका उद्यमीहरु संग छलफल तथा उनीहरुको समस्याबारे जानकारी लिइएको थियो । कृषि सहकारी संस्था, कृषि समुह तथा सामुदायिक वन संग आवद्ध उद्यमीहरुसंग छलफल गरिएको हो ।

ग्रिन फाउण्डेशन नेपालले उद्यमीहरु संग संभावना, समस्या तथा सुझावहरु संकलन गरेर सम्बन्धीत स्थानीय निकायको प्रमुखलाई बुझाउने गरेको छ । फाउण्डेशनले यस अघि बकैया गाउापालिकामा उद्यमशीलता संवाद गरेर बकैया गाउापालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ । त्यस्तै फाउण्डेशनले हेटौंडा उपमहानगरपालिका, मनहरी गाउापालिका, मकवानपुरगढी गाउापालिकामा उद्यमशीलता अभिमुखीकरण तथा संवादबाट संकलन गरिएको संभावना, समस्या, आवश्यकताको सुझावहरु सम्बन्धीत पालिकाका प्रमुखलाई बुझाउने छ । उद्यमशीलता क्षमता बिकासका लागि अभिमुखीकरणबाट छनोट भएका २० जनालाई तालिम पनि दिइने छ ।

गैसस महासंघ बागमती प्रदेश अध्यक्ष तथा ग्रिन फाउण्डेशनकी कोषाध्यक्ष आरती पाठक, अनन्त बानियााले सहजिकरण गरेको कार्यक्रममा कुमारी वाईवा, मजदुर किसान कृषि सहकारीका अध्यक्ष मुकेश भुजेल, महिला उद्यमी, प्राबिधिक, जनप्रतिनिधि तथा सरोकारवालाहरुले बोलेका थिए ।