२०८१ बैशाख २७, बिहीबार    

भरतपुरलाई चर्च ब्वाइजको चुनौती

२०७९ जेठ २०, शुक्रबार ११:३३ बजे

हेटौंडामा जारी चौथो संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् शुक्रबार बीएफसी भरतपुर र चर्च ब्वाइज क्लबबीच खेल हुँदैछ ।

ए डिभिजनको नवप्रवेशी टोली चर्च ब्वाइज भरतपुरमाथि जित निकाल्ने संकल्पसहित हेटौंडा–५ पिप्लेक्याम्पा रंगशालामा भिड्दैछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा स्थानीय तहको सहयोमा जारी प्रतियोगिताको दोस्रो खेलको विजयी टोलीले अन्तिम आठमा स्थान पक्का गर्नेछ ।

प्रतियोगिताको पहिलो खेलमा नवजनजागृति युवा क्लब सिमरा विजयी भएको थियो । ३० गतेसम्म सञ्चालन हुने चौथो संस्करणको मकवानपुर गोल्डकपमा १२ क्लवको सहभागिता रहेको छ ।