२०८१ बैशाख २१, शुक्रबार    

चुनावपछि मात्र एमसीसीबारे छलफल गर्न प्रचण्डको प्रस्ताव

२०७८ माघ २३, आईतबार १८:४२ बजे

काठमाडौं/ पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्ऽ)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे चुनावपछि मात्रै छलफल गर्न प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आमन्त्रणमा भएको प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको भेटका क्रममा अध्यक्ष दाहालले यस्तो प्रस्ताव गरेका हुन् । बैठकपछि एमाले महासचिव शंकर पोखरेलले छलफलका क्रममा माओवादी अध्यक्ष दाहालले एमसीसीलाई चुनावपछि छलफल गर्नु उपयुक्त हुने बताएको जानकारी दिए । ‘उहााले सामुन्नेमा चुनाव छन् । त्यसैले एमसीसीलाई चुनावसम्मका लागि स्थगित गरौं । सत्ता पक्ष र प्रतिपक्षसहितको सहमतिमा चुनावपछि संसद्मा पेस गरौं, त्यो उचित हुन्छ भन्नुभयो, फेरि संसद् सञ्चालनमा सहयोग गर्नुस् पनि भन्नुभयो,’ पोखरेलले भनेका छन् ।

प्रधानमन्त्री देउवाले भने तत्कालै एमसीसी पास गर्नुपर्ने अवस्था रहेको भन्दै ओली र दाहाल दुवैलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले सत्तापक्षले आफ्नो दृष्टिकोण राखेको अवस्थामा एमाले अनिर्णित नबस्ने बताएका थिए । ‘अहिले सत्ता पक्षकै एकमत देखिएको अवस्था छैन । सरकारले आफ्नो धारणा राखेको अवस्थामा एमालेले अनिर्णित रहादैन, हामी आफ्नो स्पष्ट निर्णय गर्छौा,’ महासचिव पोखरेलले भने ।

उनले आफूहरूले एमसीसी पास गर्नेबारे पहिले सरकार स्पष्ट होस् भन्ने राय राखेको बताए । ‘यो सरकारले अघि बढाउनुपर्ने विषय हो, त्यसैले पहिले सत्तापक्षले धारणा सार्वजनिक गरोस्, तब हामी बोल्छौं भनेका हौं,’ उनले भने ।