२०८१ बैशाख १४, शुक्रबार    

चर्को व्याजदर र कर्जा निर्देशिकाको विरोधमा हेटौंडामा प्रदर्शन

२०७९ पौष १४, बिहीबार ०९:५१ बजे

बढ्दो व्याजदर र नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पुँजी कर्जा निर्देशिका २०७९ को हेटौंडाका व्यवसायीहरुले विरोध गरेका छन् ।

मकवानपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघले विहीबार विहान चर्को व्याजदर र कर्जा निर्देशिकाको विरोधमा हेटौंडामा प्रदर्शन गरेको हो । हेटौंडाको सीमाचोकबाट व्यवसायीले प्लेकार्डसहित नाराबाजी गर्दै हेटौंडा बजार परिक्रमा गरी विरोध प्रदर्शन गरेका थिए ।

व्यवसायीले बैंकहरुले आफूखुशीरुपमा व्याजदर बढाइरहेको र आर्थिक मन्दिका कारण व्यवसाय सञ्चालनमै समस्या भइरहेकोभन्दै तत्काल समस्या समाधानका लागि पहल गरिदिन समेत सरकार समक्ष माग गरेका छन् ।