२०८१ बैशाख २०, बिहीबार    

सन्तोष चौलागाईंलाई गर्‍यो सरकारले बर्खास्त

२०७८ फाल्गुन ५, बिहीबार १५:५० बजे

वाग्मती प्रदेश सरकारले प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागााईलाई पदमुक्त गरको छ ।

प्रदेश सरकारको विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधिएको स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नदिएको, पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, परिषद्को स्वीकृति वेगर लोगो तथा स्लोगन सार्वजनीक गरेको, ऐन कानुनको बर्खिलाप गर्दै स्वेच्छाचारी गतिविधिहरु गर्दै गएको भन्दै चौलागाईलाई बर्खास्त गरिएको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्म खनालले जानकारी दिए ।

चौलागाईं २०७८ जेठ २७ गते बसेको मन्त्रिपरिषद्को निर्णयबाट प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईंलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका थिए ।