२०८१ बैशाख १६, आईतबार    

आशिष हेटौंडा साइकल रन च्याम्पियन

२०८० आश्विन २७, शनिबार १८:२१ बजे

हेटौंडा उपमहानगरपालिकाको आयोजना गरेको ‘हेटौंडा साइकल रन’ दोश्रो सस्करण २०८० को उपाधी हेटौंडा–६ का आशिष थापा मगरले हात पारेका छन् । हेटौंडामा शनिवार भएको प्रतियोगितामा सहभागिलाई उछिन्दै आशिषले उपाधि हात पारेका हुन् ।

प्रतियोगितामा प्रथम भएका आशिषले नगद ५० हजार रुपियाँ हात पारे । प्रतियोगितामा हेटौंडा–६ का हरेराम राई द्धितिय, हेटौंडा–२ का विबै सिं मोक्तान तृतिय हुँदा हेटौंडा–४ का राजिव ठाकुर र प्रदिप थापाले प्रोत्साहन पुरस्कार हात परेका थिए । साइकल रनमा द्धितिय भएका राईले ३० हजार पाउँदा तृतिय भएका मोक्तानले २० हजार रुपियाँ पुरस्कार हात पारेका थिए । प्रतियोगितामा सहभागि भएका ठाकुर र थापाले प्रोत्साहन पुरस्कार स्वरुप ५÷५ हजार रुपियाँ हात पारेका छन् ।

प्रतियोगितामा सहभागि भएका महिलाहरुलाई प्रोत्साहन स्वरुप २÷२ हजार रुपियाँ पुरस्कार दिइएको थियो । हेटौंडा–४ हुप्रचौरबाट सुरु भएको साईकल रन कान्तिलोकपथ हुँदै शिवम सिमेन्ट रोड, हेटौंडा–फापरवारी सडक हुँदै नागश्वती, कमाने, गर्दोही हुँदै हुप्रचौरमा आइपुगेको थियो । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख ललित घलान र हेटौंडा उपमहानगरपलिकाका नगर प्रमुख मीनाकुमारी लामाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै समन्वय समितिका प्रमुख घलानले स्वास्थ्थका लागि साईकल यात्रा उपयोगि रहेकाले दैनिक जिवनमा बिलासिताका साधन छोडेर साईकल यात्रामा जोड दिन जरुरी रहेको बताए । उनले उपमहानगरले थालेको अभियानलाई सार्थक बनाउँन नगरवासीको सहयोग आवश्यक रहेको भन्दै नियमित साईकल यात्राले मानव जिवनमा फाईदा पुग्ने बताए ।

नगर प्रमुख लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१ का अध्यक्ष सविन न्यौपाने, हेटौंडा– १४ का वडा अध्यक्ष दिपक खड्का, नगर खेलकुद विकास समितिमा पुर्व अध्यक्ष चन्द्र शाहिको आतिथ्यता रहेको थियो । उपमहानगरपालिकाले गत बर्षबाट प्रतियोगिताको थालनि गरेको हो । उपमहानगरले नगरवासीलाई साईकलको प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्य अनुसार हरेक बर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।