२०८० चैत्र १५, बिहीबार    

कृषि मन्त्रीद्वारा ४४ बुँदे प्रतिबद्धता सार्वजनिक

२०७९ माघ २५, बुधबार १९:०१ बजे

वाग्मती  प्रदेशका कृषि तथा पशुपक्षी विकास मन्त्री केशवप्रसाद पोखरेलले आफ्नो ४४  बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

उनले बुधबार पत्रकार सम्मेलन गर्दै अल्पकालिनरुपमा गर्न सकिने प्रतिबद्धता आफू तय गरेको जनाएका छन् । मन्त्री पोखरेलले रासायनिक मल काराखना स्थापना आफ्नो पहिलो प्राथमिकतामा राखेका छन् ।

प्रदेशको अघिल्लो सरकारले सर्वसुलभ रसायनीक मललगायत प्राङ्गारिक तथा जैविक मल उपलब्ध गराउन तत्काल कार्ययोजना तयार पार्ने,रसायनीक मलको कोटा बढाउन पहल गर्ने, मन्त्रालय र काठमाडौं विश्वविद्यालय बीच भएको समझदारी बमोजिम प्रदेशमा रसायनीक मल कारखाना स्थापनाको अध्ययन गरेको थियो ।

उनले पोल्ट्री विकास बोर्ड गठन, किसान परिचय पत्र वितरण तथा कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रसँग सम्बन्धी ऐनलाई प्रभावकारी कार्यान्वयनमा लैजान कार्ययोजना सहित अगाडी बढाइने प्रतित्रद्धता जनाएका छन् ।