२०८१ बैशाख १५, शनिबार    

गृहिणी शिक्षा लागू गर्न रीता खनालको अभियान

२०७९ श्रावण १२, बिहीबार १४:२९ बजे

महिला सीप विकास केन्द्र, मकवानपुरले देशभर गृहिणी शिक्षा लागू गर्न र भ्रष्टाचार अन्त्यको लागि १० दिने सडक अभियान गर्ने भएको छ ।

केन्द्रको अध्यक्ष रीता खनालले देशभर गृहिणी शिक्षा लागू गर्न र पछिल्लो समयमा देशमा बढीरहेको बेथिति, भ्रष्टाचार, कुशासनविरुद्ध अभियान सञ्चालन गर्न लागिएको बताइन् ।

उनले आफूहरुले यसअघि २०६३ सालमा जिल्लाभर गृहणी शिक्षा आन्दोलन र सहकारी अभियान सञ्चालन गरेपछि तत्कालिन समयमा सरकारले वैकल्पिक शिक्षा प्रणालीको रुपमा ग्रहण गरेको बताउँदै पुन: सञ्चालन गर्न लागिएको गृहणी शिक्षा अभियान सफल हुनेमा विश्वास व्यक्त गरिन् । उनले महिला शिक्षालाई पुन: स्थानीय तहले लागू गर्नुपर्ने बताइन् ।

पत्रकार सम्मेलनमा खनालले जनताले थेग्नै नसक्ने अनावश्यक प्रदेश तह संविधानबाट संशोधन गर्दै तत्काल खारेज गर्नुपर्ने र आफूहरुको अबको अभियान पनि नागरिक तहसम्म पुगेर प्रदेश तह खारेज गर्न तर्फ रहने बताइन् । उनले देशको आर्थिक अवस्था श्रीलंका पथ तर्फ गइरहेको बताउँदै बेलैमा नागरिक समाज जाग्नुपर्ने बताइन् ।

उनले देशको कार्यापालिका, न्यायपालिका, व्यवस्थापिका तीनै क्षेत्र भ्रष्ट्राचारमा लिप्त रहेको आरोप लगाइन् । उनले अभियानअन्तर्गत् पहिलो चरणमा १० दिनको आन्दोलन अभियान हटौंडाबाट पर्चा वितरण सुरु गरिने बताइन् ।

साउन २१ गतेसम्म जारी रहेन अभियानमा बजार, सडक, गाउँ, चोक चोकमा माइकिङ गर्ने, कोणसभा गर्ने, नागरिक समाजसंग अन्तरक्रिया गर्ने र स्थानीयतहरुलाई ध्यानाकषर्ण पत्र दिने कार्यक्रम रहने अध्यक्ष खनालको भनाइ छ ।