२०८१ जेठ २, बुधबार    

हेटौंडामा जीतको बाटोतर्फ लम्किँदै गठबन्धन

२०७९ जेठ ६, शुक्रबार ११:४२ बजे

हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धन जीतको बाटोतर्फ अगाडि बढेको छ ।

गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) बाट मेयरकी उम्मेदवार मीना लामाले आफ्नो अग्रतालाई बढाएकी छन् । हालसम्म ६६ हजार ६६९ मतगणनाहुँदा लामाले २१ हजार ३८८ मत प्राप्त गरेकी छन् । एमालेका अनन्त पौडेलले १८ हजार ५३५ मत प्राप्त गरेका छन् । राप्रपाका दीपकबहादुर सिंहले १७ हजार ६८९ मत प्राप्त गरेका छन् । लामाले २ हजार ८५३ को अग्रता कायम राखेकी छन् ।

अब लगभग ६५ सय मत गणना गर्न बाँकी छ । हाल मतगणना भइरहेको स्थानमा लामाकै अग्रता रहेका कारण उनी विजेता हुने अड्कल काट्न थालिएको छ ।

१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा १,२,३,४,५,६,७,८,१४,१५,१६,१७,१८ र १९ नम्बर वडाको मतगणाना भइसकेको छ । अहिले ९, १०, ११, १२ र १३ नम्बर वडाको मतगणाना भइरहेको छ । आजै साँझसम्म मतगणाना सकिने बुझिएको छ ।