२०८१ बैशाख ७, शुक्रबार    

मकवानपुरको विकासका लागि गठबन्धनलाई भोट : डिना

२०७९ कार्तिक २०, आईतबार १८:०३ बजे

लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले मुलुकको भाग्य र भविष्यलाई सोचेर गठबन्धनलाई मतदान गर्न अनुरोध गरेकी छिन् ।

चुनावी अभियान अन्तर्गत आइतबार बकैया ११ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पटक पटक मन्त्री भएर पनि मकवानपुरको विकासमा कुनै योगदान नपु¥याएका, आन्दोलनमा दमन गरेका र चुनाव आएपछि अर्को पार्टीबाट टिकट लिएर आश्वासन मात्रै बाँड्न आउनेहरुलाई चिन्न जरुरी रहेको बताइन् । ‘अहिले यही क्षेत्रबाट उम्मेदवार भएकाहरु कति पटक मन्त्री भए ? यहाँको विकासमा के योगदान पु¥याए ? त्यो सम्झिएर मत हाल्नुहोला’, डिनाले भनिन्, ‘यो पटक गठबन्धनलाई जिताएर पठाउनुहोस् यस क्षेत्रको समस्या समाधान गर्ने जिम्मेवारी हाम्रो भयो ।’ नेकपा एमालेको झुटा आश्वासन र फोस्रो नारामा नअल्मलिन उनले मतदाताहरुलाई आग्रह गरे ।

डिनाले आफ्नो कार्यकालमा मकवानपुर क्षेत्र नम्बर १ लाई पूर्ण बिजुलीयुक्त बनाउने, हात्तीसुँढे–शिखरपुर–मन्थली सडक कालोपत्रे गर्ने र शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाइन् । प्रतिगमनकारी र व्यवस्था विरोधीहरु मिलेर घरघरमा झुटो आश्वासन र भ्रम बाँड्न आएको भन्दै उनले त्यस्तालाई परास्त गर्ने बेला आएको बताइन् ।