२०८१ जेठ ७, सोमबार    

प्रधानमन्त्रीविरुद्ध युवा संघको भीमफेदीमा प्रदर्शन

२०७८ माघ २४, सोमबार ०७:२२ बजे

हेटौंडा/ स्थानीय तहको निर्वाचन माग गर्दै युवा संघ भीमफेदी गाउँपालिकाले आइतबार राति प्रदर्शन गरेको छ ।

युवा संघ भीमफेदी गाउँपालिकाले स्थानीय तहको निर्वाचन संविधानले तोकेकै समयमा हुनुपर्ने माग गर्दै प्रधानमन्त्री शेरवहादुर देउवाको पुत्ला समेत जलाएको थियो । भीमफेदी बजारमा निकालिएको जुलुसमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै कालो झण्डा र बेलुन समेत उडाइएको थियो ।

‘संविधानले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने हाम्रो माग हो । त्यसकारण हामी सडकमा उत्रिएका हौं ।’, युवा संघ गाउँपालिका संयोजक बादल सिलवालले भने ।

विरोध प्रदर्शनमा नेकपा एमाले गाउँपालिका अध्यक्ष सानु थापा, अनेरास्ववियु केन्द्रीय सदस्य आशिष अस्लामी मगर तथा अनेरास्ववियु गाउँपालिका अध्यक्ष राजिव परियारलगायतले मन्तव्य व्यक्त गरेका थिए । युवाहरुको विरोध जुलुसले भीमफेदी बजार परिक्रमा गरेको थियो ।