२०८१ बैशाख १५, शनिबार    

प्रहरीको भवनदेखि सुरक्षाकर्मीलाई आनन्दरामको सहयोग

२०७९ कार्तिक २८, सोमबार १५:३४ बजे

गरिब तथा विपन्न विद्यार्थीका सारथी अनन्दराम पराजुली सामुदयीक सहयोगमा पनि उत्तिकै क्रियाशिल रहेका छन् ।

विद्यालय जान नपाएका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेका उनले सामुदायीक भवन निमार्णमा सहयोग गरेका उनले कोभिडका समयमा देश र जनताको सेवा रहेका सुरक्षाकर्मीलाई समेत सहयोग गरेका छन् । पराजुलीले हेटौँडा–१० मा रहेको सामुदायीक प्रहरी सेवा उप–केन्द्रको भवन निर्माणमा आर्थीक सहयोग गरी सामुदायीक सेवामा क्रियाशिल रहेको सावित गरेका छन् ।

उनले सामुदायीक प्रहरी सेवा उप–केन्द्रको भवन निर्माणमा नगद ५० हजार र ५० हजार बराबरको सिमेन्ट सहयोग गरेको सामुदायीक प्रहरी सेवा उप–केन्द्रका अध्यक्ष प्रदिप कंडेलले बताए । अध्यक्ष कडेंलले पराजुलीको सहयोगले सामुदायीक प्रहरी सेवा उप–केन्द्र बसर्पाकले आफ्नै भवन पाएको सुनाए । कडेंलले पराजुलीको सहयोग प्रति खुशि हुँदै उपकेन्द्रले सामूदायीक काममा निरन्तरता दिन सहज भएको बताए ।

त्यसैगरी पराजुलीले कोभिडको दोस्रो भेरिएन्टको उच्च जोखिमका समयमा सुरक्षाकर्मीहरुका लागी नगद सहित विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उनले सुरक्षाकर्मीका लागी नगद ५० हजार र माक्स, सेनिटाइजर, फेस शिल्ड, ग्लाब्स जस्ता स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

पराजुली निरन्तर सेवामा विश्वास गर्ने व्यक्ति भएको उनका सहकर्मीहरु समेत बताउँछन् । उनको कार्यशैलिबाट आफुहरुसमेत प्रभावित हुने गरेको पराजुलीका सहकर्मी एवं नेपाली कांग्रेसका हेटौंडा नगरसभापति उत्सव इटेनी बताउँछन् ।