आगामी आव २०८१/०८२ को बजेट ल्याउने तयारीमा रहेको वाग्मती प्रदेश सरकारले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गरेको छ ।
शुक्रबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पहिलो आवधिक योजनाको समिक्षा गर्दै आव ०८१–०८२ देखि ०८५–०८६ स्वीकृतसम्मका नयाँ आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको हो । प्रदेश नीति तथा योजना आयोगले तयार पारेको आवधिक योजना स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद्को वैठकले प्रदेश स्वास्थ्य नीति २०८१ स्वीकृत गर्ने, मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठका अनुसार बैठकले आयुर्वेदिक औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको लेबल डिजाइन स्वीकृत गर्ने निर्णय छ ।