२०८१ बैशाख १८, मंगलबार    

प्रदेशसभा सदस्यको सपथ १४ गते

२०७९ पौष ८, शुक्रबार १३:३२ बजे

वाग्मती प्रदेशसभा सदस्यको शपथ ग्रहण पुस १४ गते विहीबार हुने भएको छ ।

आज विहान प्रदेशसभा सचिवालयमा बसेको सर्वदलिय वैठकले पुस १३ गते २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण र १४ गते २ बजे सदस्यको शपथको मिति तय गरेको कांग्रेस सांसद प्रभात तामाङले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले सांसदहरुलाई शपथ गराउनेछन् । प्रदेशसभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुखले सपथ गराउनेछन् ।

उनले बाँकी सांसदलाई सपथ ग्रहण गराएर आगामी अधिवेशनको सुरुवात गर्नेछन् ।