२०८१ बैशाख १७, सोमबार    

लौरो अभियानद्वारा उम्मेदवारी दर्तामै आचारसंहिता उल्लंघन

२०७९ आश्विन २३, आईतबार १२:३४ बजे

हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले उम्मेदवारी दर्तामै आचारसंहिता उल्लंघन गरेको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनुसार निर्वाचनमा राष्ट्रिय झन्डा प्रयोगमा रोक लगाइएको छ । तर, लौरो अभियानबाट स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएको दाबी गरेका मकवानपुरका उम्मेदवारहरुले राष्ट्रिय झन्डा भिरेर उम्मेदावरी दर्ता गराएका छन् ।

मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा दीपेन्द्रन्द ठकुरीले उम्मेदवारी दर्ता गराएका छन् । मकवानपुर–१ (ख) प्रदेशसभातर्फ किशोर अर्याल र मकवानपुर–१ (क) प्रदेशसभातर्फ किशोर रानाले उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरुले राष्ट्रिय झन्डाको प्रयोग गरेर उम्मेदवारी दर्ता गराउँदा समेत निर्वाचन अधिकृतको कार्यालयले मौन बसेको थियो ।