२०७९ मंसिर १५, बिहीबार    

मकवानपुर-२ : महेशसँगको दूरी घटाउँदै विरोध

२०७९ मंसिर ६, मंगलबार १८:१३ बजे

मकवानपुर–२ मा नेकपा एकिकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडा आफ्नो चेलासँगको दूरी घटाउन संघर्षरत छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर–२ बाट पाँचौंपटक प्रतिनिधिसभाको उम्मेदवार बनेका खतिवडा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलासँगको दूरी घटाउने प्रयासमा रहेका हुन्।

राजनीतिमा आफैँले सिकाएको चेलासँग निरन्तर पछि परेका विरोधले पछिल्लो समय बर्तौलासँगको दूरीलाई कम गर्दै लगेका छन्। पछिल्लो मत परिणामअनुसार खतिवडा बर्तौलाभन्दा २५६ मतले पछाडि छन्। २० हजार  ४३४ मत गन्दा बर्तौलाले ८ हजार १२१  पाएका छन् भने खतिवडाले ७ हजार ८६५ मत पाए।