२०८१ जेठ ५, शनिबार    

मेचीबाट उल्टो हिँडेर २५ दिनमा हेटौंडा आइपुगे ऋषि परियार

२०७८ फाल्गुन १०, मंगलबार १४:२३ बजे

हेटौंडा/ उल्टो पैदल यात्रा सुरु गरेर मेचीदेखि महाकालीसम्मको यात्रामा हिँडेका दाङ तुलसीपुर–३ रानागाउँका ३० वर्षीय ऋषि परियार २५ दिनमा हेटौंडा आइपुगेका छन् ।

मंगलबार करिब १ बजेको समयमा उनी हेटौंडा आइपुगेका हुन् । उनले काँकरभिट्टाको मेची नदि किनारबाट उल्टो पैदलयात्रा सुरु गरेका थिए । करिब दुई महिनाभित्र महाकाली पुग्ने योजना बनाएका परियारले दैनिक ३० देखि ४० किलोमिटर यात्रा गरिरहेको बताएका छन् । उनले जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखिसकेका छन् । स्वास्थ्य रहन दैनिक कम्तिमा एक घण्टा हिँड्नु अनिवार्य रहेको स्वास्थ्य सन्देश लिएर यात्रामा निस्किएको उनले बताए ।

उल्टो यात्रामा समेत गिनिजबुकमा नाम लेखाउने लक्ष्य रहेको परियारले बताए । हेटौंडा आइपुगेका परियारलाई सामाजिक अभियन्ता र सुरक्षा निकायका प्रतिनिधिले सहयोग समेत गरेका थिए ।