२०८१ बैशाख २२, शनिबार    

लागूऔषध खैरोहेरोइन सहित दुईजना पक्राउ

२०७८ फाल्गुन २२, आईतबार १९:०२ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुर अवैध लागूऔषध खैरोहेरोइन सहित दुईजना पक्राउ गरेको छ ।
प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–१५ रातोमाटेमा चेकिङको क्रममा ७ ग्राम ६ सय मिलिग्राम खैरोहेरोइनसहित हेटौंडाका दुईजना पक्राउ गरेको हो । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.९९ प ३०४१ नम्बरको मोटरसाइकललाई चेकिङको क्रममा हेटौंडा–१० बस्ने २३ बर्षीय ठिल्ले लामा तामाङ र पछाडी रहेका हेटौंडा–४ का २६ बर्षका अजय घले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट १५ दिनको म्याद लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता (प्रहरी निरीक्षक) सुमन बानियाँले जानकारी दिए ।