२०८१ बैशाख २०, बिहीबार    

उत्सव इटेनीद्वारा हेटौंडाको मेयरमा दावी

२०७८ चैत्र १०, बिहीबार १७:०६ बजे

नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाका सभापति उत्सव इटेनीले मेयर पदमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।

संस्थापन पक्षबाट नगर सभापतिमा निर्वाचित भएका इटेनीले स्थानीय तहको निर्वाचनमा मेयरमा आफ्नो दावी रहने बताए । कांग्रेसमा अहिले मेयरको रुपमा युवा नेताद्वय प्रभातकुमार दाहाल र आनन्दराम पराजुलीको नाम चर्चामा रहेको अवस्थामा इटेनीको नाम पनि थपिएको हो ।

उनले आफू निकट कार्यकर्तासँगको भेटघाटको क्रममा आफ्नो पक्षमा माहौल सिर्जना गर्न समेत आग्रह गर्न थालेका छन् । ‘मेयर पदमा मेरो दावी रहन्छ । म नगर सभापित पनि हुँ । लामो समयदेखि पार्टीमा योगदान दिएको छु ।’, उनले कांग्रेसले निर्वाचन लक्षित गरेर टोलटोलमा संगठन निर्माण गरिरहेको र यस विषयमा कार्यकर्तासँग पनि अन्तक्र्रिया गरिरहेको बताए ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै जिल्लाको स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रममा बढिरहेको छ ।