२०८१ बैशाख १४, शुक्रबार    

मामाघर नेपाल संस्थालाई सहयोगका लागी देउसी भैलो

२०७९ कार्तिक ५, शनिबार १५:५० बजे

अनविज्ञ ब्यान्डले हेटौंडामा मामाघर नेपाल मकवानपुर संस्थालाई सहयोगासहयोगका लागी  देउसी भैलो कार्यक्रम हुने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै सोमबार लक्ष्मी पुजाको दिनदेखि ५ दिनसम्म देउसीभैलो खेलिने अनविज्ञ ब्यान्ड मकवानपुरका अभिभावक पर्वत जङ्ग गुरुङले जानकारी दिएका छन्।

हेटौंडाको स्वर्गलोक पथ, संगमचोक, चौकीटोल, कामने, क्याम्पाडाँडा लगायत विभिन्न ठाउँमा देउसी भैलो खेलिने छ। विगत १० बर्षदेखि खेलिँदै आएको देउसी भैलो यसबर्ष अभिभावक बिहिन भान्जलाहरूलाई आश्रय दिइरहेको मामाघर नेपाललाई सहयोग गर्ने उद्देश्यले १० जनाको टिममा देउसी भैलो खेल्न लागेको हो । देउसी भैलोमा ७० हजार रुपैयाँ खर्च हुने बताएको छ भने देउसीभैलोबाट करिब १ लाख ५० हजार रुपैयाँ उठ्ने अनुमान गरेको छ । 

अनविज्ञ ब्यान्ड मकवानपुरका म्यानेजर तथा कार्यक्रम संयोजक संग्राम बल लामाले जिल्लामा पहिलो पटक सँस्कृति जगेर्ना गर्ने उद्देश्यले युवाहरुले सामाजिक क्षेत्रमा योगदान दिने उद्देश्यले देउसी भैलो गर्न लागेको बताएका छन्। विगतमा विभिन्न परिस्थिति तथा अप्ठ्यारोमा परेकालाई सहयोग गर्दै आइरहेको भएपनि अभिभावक विहिन भन्जाहरुलाई आश्रय दिइरहेको मामाघरलाई पहिलो पटक सहयोगका देउसी भैलो कार्यक्रम गरिने बताए ।