२०८१ बैशाख ७, शुक्रबार    

परिवर्तन सहकारीको कारोबार ९ करोड २२ लाख रुपैयाँ

२०७९ आश्विन २८, शुक्रबार १३:५२ बजे

परिवर्तन वचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–३, बसामाडीले गतआर्थिक वर्षमा करिब ९ करोड २२ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

संस्थाको १५ औं साधारणसभामा पेश गरिएको प्रतिवेदन अनुसार सहकारीले १६ सय शेयर सदस्य रहेको सहकारीले गतआर्थिक आवमा उक्त कारोबार गरेको हो । सहकारीका शेयर पुँजी करिब ८९ लाख ८७ हजार रुपैयाँ र ८ करोड १० लाख ९७ हजार रुपैयाँ लगानी रहेको संस्था अध्यक्ष सविना विडारीले जानकारी दिइन् ।

संस्था अध्यक्ष सविना विडारीको सभाध्यक्षता तथा जिल्ला बचत संघ अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । सभामा संस्था उपाध्यक्ष देवी पौडेल, सचिव शर्मीला न्यौपाने, कोषाध्यक्ष कविता बर्तौला तथा लेखा तथा सुपरीक्षण समिति संयोजक मनिका दाहालले आआफ्नो प्रतिवेदन पेश गरेका थिए ।

सभामा राष्ट्रिय सहकारी वैंकका रामेश्वर अर्याल तथा वडा समन्वय समिति अध्यक्ष रोशन गोले तथा ग्रामिण महिला सेवा केन्द्रको विशेष आतिथ्यता रहेका थिए । सहकारीले सभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, क्रियाशील सदस्य, ज्येष्ठ सदस्यलाई सम्मान गरेको थियो ।