२०८१ बैशाख ४, मंगलबार    

स्मार्ट लाइसेन्सका लागि १२ लाख कार्ड खरिद गरिँदै

२०७९ आश्विन ३१, सोमबार १२:१५ बजे

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि १२ लाख कार्ड खरिद गर्ने भएको छ। यसका लागि विभागले आइतबार सूचना जारी गर्दै स्मार्ट लाइसेन्सका लागि आवश्यक पर्ने कार्ड सप्लाइ गर्न ठेक्का आह्‍वान गरेको हो।

यस ठेक्कामा अन्तर्राष्ट्रिय तथा नेपाली जेभी कम्पनीले सहभागिता हुन सक्नेछन्। ठेक्कामा सहभागी कम्पनीहरुले सेक्युरिटीका लागि ६५ लाख ६४ हजार रुपैयाँ ९५० हजार डलर० राख्नुपर्ने हुन्छ।

डिजाइन स्वीकृत भएको तीन महिनाभित्र उक्त स्मार्ट लाइसेन्स सप्लाई गर्नु पर्दछ। डिजाइनको स्वीकृति १० दिनमा हुने विभागले जनाएको छ। विभागले बोलपत्र कागजात, व्यापारिक पक्ष, योग्यता, प्राविधिक र आर्थिक पक्षका आधारमा प्रस्ताव मूल्यांकन गरेर कम्पनी छनोट गरिने जनाएको छ।

यसका लागि लगभग १२ करोड रुपैयाँ लागत अनुमान गरिएको विभागले जनाएको छ। यसभन्दा अघिको १४ लाख कार्ड सप्लाईको ठेक्का मद्रास सेक्युरिटी प्रिन्टर्सले पाएको थियो।