२०८१ बैशाख २४, सोमबार    

जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते

२०७९ जेठ २७, शुक्रबार १२:५७ बजे

जाजरकोटको जुनिचाँदे गाँउपालिका–५ वलेबनमा आज जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिपमा सवार दैलेखको गुँरास गाँउपालिका–७ की अन्दाजी ३४ वर्षीया कालिका शाही, सोही गाँउपालिका–५ शिवपुरीकी अन्दाजी ४० वर्षीया पुतला गिरी र सोही स्थानका अन्दाजी २१ वर्षीय दर्शन शाही रहेका छन् ।

दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका अन्य सबैलाई उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल जाजरकोट तर्फ पठाइएकोमा हेलिकप्टरद्वारा थप उपचारको लागी सुर्खेत पठाउने तयारी भइरहेको छ । घाइते मध्ये चालक सहित ३ जनाको अवस्था गम्भीर रहेको छ ।


लुहादहबाट शिवपुरीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्बरको जिप आज बिहान साढे ७ बजे एक्कासी ब्रेक फेल भएर पल्टिएको ईलाका प्रहरी कार्यालय गर्खाकोट जाजरकोटले जनाएको छ ।