२०८१ बैशाख १७, सोमबार    

परिवर्तन वचतमा न्यौपानेको नेतृत्व

२०८० मंसिर १६, शनिबार २१:१७ बजे

परिवर्तन वचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–३, बसामाडीको अध्यक्षमा शर्मीला न्यौपाने चयन भएकी छन् ।

सहकारी शनिबार सम्पन्न १६ औं साधारणसभा तथा छैठौ अधिवेशनले न्यौपानको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको हो । समितिमा उपाध्यक्ष देवी पौडेल, सचिव कविता बर्तौला, कोषाध्यक्ष मनिका अधिकारी तथा सदस्यमा सावित्री विश्वशकर्मा, कल्पना तामाङ, ज्ञानु लामा, रोशन गोले तथा सविना पनेरु चयन भएका छन् ।

भेलाले लेखा समिति संयोजकमा सम्झना पण्डित तथा सदस्यमा लक्ष्मी अधिकारी र सविना विडारीलाई चयन गरेको छ । ऋण समितिमा रामबहादुर थापा मगर र देवकी अर्याल, शिक्षा समितिमा भवानी बानियाँ, लक्ष्मी खनाल चयन भएका छन् ।

साधारणसभामा नियमित तथा असल बचतकर्ता, उत्कृष्ट ऋणी, वृद्धवृद्धा, सक्रिय, एकल महिला तथा उत्कृष्ट समूहलाई पुरस्कृत समेत गरिएको थियो ।

यसअघि संस्था अध्यक्ष सविना विडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड मकवानपुर अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।