२०८१ बैशाख १३, बिहीबार    

सन्चो हस्पिटलको अध्यक्षमा पुडासैनी

२०७९ जेठ २४, मंगलबार २०:०५ बजे

हेटौंडास्थित सन्चो हस्पिटल प्रा.लिको अध्यक्षमा युवा व्यवसायी तथा समाजसेवी विजय पुडासैनी चयन भएका छन् ।

हस्पिटल सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । निवर्तमान अध्यक्ष राजेश बानियाँ हेटौडा उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्ष पदमा चयन गरेको हो ।

अटो मोवाइलको क्षेत्रमा एक दशक भन्दा लामो समयदेखि सक्रिय रहेका पुडासैनी स्वास्थ्य क्षेत्रमा पनि दूई वर्षदेखि निरन्तर सक्रिय रहँदै आएका छन् । हस्पिटलको अध्यक्ष चयन भएपछि पुडासैनीले स्वास्थ्य क्षेत्रमा विशिष्ट स्थान बनाएको सन्चो हस्पिटललाई मकवानपुरको नमूना हस्पिटल बनाउने बताए ।

यसका लागि उनले आगामी दिनमा जनस्वास्थ्यलाई ध्यान दिई उच्च प्रविधि भित्र्याउने, चिकित्सकको क्षमता वृद्धि र सेवा प्रवाहमा थप प्रभावकारी कार्यक्रम ल्याउने, गरिब र असहायलाई सहुलियत र निः शुल्क उपचार सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।