२०८१ बैशाख २४, सोमबार    

सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइने

२०७८ चैत्र ८, मंगलबार १६:२५ बजे

‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ ६५ औं सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

वाग्मती प्रदेशस्तरमा सहकारी दिवस मनाउनको लागि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल आयोजक समिति गठन भएको छ । समितिको सहसंयोजकमा वाग्मती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे र सदस्य सचिवमा प्रदेश सहकारी महाशाखाका कानुन अधिकृत प्रकाश चापागाई रहेका छन् ।

प्रदेशको राजधानी हेटौडामा मूल कार्यक्रम हुनेछ भने प्रदेशका सबै जिल्ला र पालिका तहमा विविध कार्यक्रमसहित सहकारी दिवस मनाइने संयोजक देवकोटाले बताए । सहकारी दिवसको अवसरमा मूल आयोजक समितिले वाग्मती प्रदेशको राजधानी हेटौंडामा रक्तदान कार्यक्रम, हेटौंडा अस्पतालमा रहेका विरामीहरुलाई फलफूल विरण र २० गते भुटनदवी विद्यालयको चौरबाट र्‍याली सुरु गरी रोयल पार्टी प्यालेसमा प्रवचन, सम्मान तथा पुरस्कारसहित समापन गर्ने कार्यक्रम तय भएको संयोजक देवकोटाले बताए ।

उनले सहकारी दिवसको दिन चैत्र २० गते साँझ प्रदेश भरका सहकारीहरुले दिपावली गर्न समेत अनुरोध गरे ।