२०८१ बैशाख १५, शनिबार    

प्रदेशका १० शीत भण्डार निर्माण अन्तिम चरणमा

२०८० असार १९, मंगलबार १०:५५ बजे

बागमती प्रदेश सरकारले निर्माण सुरु गरेको १० वटा शीत भण्डार अन्तिम चरणमा पुगेका छन् ।

प्रदेशको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेको अधिकांश शीत भण्डारहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।

सरकारले प्रदेशका १३ वटै जिल्लामा व्यावसायिक कृषकहरूलाई लक्षित गरी शीत भण्डार निर्माणको काम सञ्चालन गरेको थियो । निर्माण कार्य सुरु गरेको ४ वर्ष पूरा भइसकेको अवस्थामा ती शीत भण्डार निर्माणको काम अन्तिम चरणमा पुगेको हो । प्रदेशका १० मध्ये ३ वटा शीत भण्डारको परीक्षण समेत भइसकेको छ भने ५ वटाको निर्माण कार्य सम्पन्न भई परीक्षणको तयारीमा रहेका छन् । २ वटा शीत भण्डारको काम भने अझै जारी रहेको छ ।

शीत भण्डार निर्माणको अन्तिम चरणमा रहे पनि केही व्यवस्थापकीय काम गर्न बाँकी नै रहेकाले हस्तान्तरणमा भने अझै केही समय लाग्ने भएको छ । उक्त शीत भण्डार निर्माण सम्पन्न भई सञ्चालनमा आए पश्चात् मन्त्रालय मार्फत सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । ती शीत भण्डारको परीक्षण कै क्रममा रहेकाले अझै हस्तान्तरणमा अझै केही लाग्ने भएको हो ।