२०८१ बैशाख १४, शुक्रबार    

पुरुष भलिबलमा हेटौंडा–१७ च्याम्पियन

२०७९ आश्विन १०, सोमबार १७:३६ बजे

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा भएको उपमेयर कप भलिबल प्रतियोगिताअन्तर्गत् पुरुषतर्फको उपाधि पनि १७ नम्बर वडाले नै जितेको छ । सोमबार हुप्रचौरमा भएको फाइनल खेलमा १९ नम्बर वडालाई ३–१ को सेटमा पराजित गर्दै १७ नम्बर वडाले उपाधि जितेको हो ।

पहिलो सेट २५–२१ ले अग्रता लिँदै १७ नम्बर वडाले दोस्रो सेटमा १६–२५ ले पछि परेको थियो । पछिल्लो दुई सेट २५–२१ र २८–२६ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । उपाधिसँगै १७ नम्बर वडाले ५० हजार रुपैयाँ जितेको छ भने १९ नम्बर वडाले २५ हजार रुपैयाँ पाउने भएको छ । महिला तर्फको हिजो आइतबार भएको प्रतियोगितामा पनि १७ नम्बर वडा नै विजयी भएको थियो ।