२०८१ बैशाख २१, शुक्रबार    

क्षितिज भण्डारी गृहनगरमा च्याम्पियन

२०७८ चैत्र १२, शनिबार १५:०७ बजे

हेटौंडा मेयर कप रेपिड बुद्धिचाल प्रतियोगिताको उपाधी फिडे मास्टर क्षितिज भण्डारीले जितेका छन् ।

प्रतियोगिताको सातौं तथा अन्तिम राउण्डमा काठमाडौंका पूर्वनेपाल च्याम्पियन मनिष हमालसँग बराबरी खेल्दै हेटौंडाका भण्डारी च्याम्पियन भएका हुन् । उपाधिसहित उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरे । भण्डारीले आफ्नो खातामा कुल ६ अंक जोडेका थिए । हेटौंडाकै कृष्ण थापा ५.५ अंकका साथ द्वितीय भए । उनले २५ हजार रुपैयाँ, झापाका प्रकाशचन्द्र नेपाल तृतीयहुँदै नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा चौथो भएका सुमन श्रेष्ठ र पाँचौ भएका मनिष हमालले समान ५–५ अंक प्राप्त गरे । उनीहरु दुवैले नगद १०/१० हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भए । रुपेश जैसवाल, राजन सुवेदी, श्रीकृष्ण श्रेष्ठ, सुस्रुत दाहाल, आषिश फुयाँल क्रमश: ६ देखि ११ औं स्थानमा रहे । उनीहरु सवैले समान ७/७ हजार रुपैयाँ प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, तथा नेपाल खेलकुद महासंघ मकवानपुर अध्यक्ष सविन लामाले नगद तथा पुरस्कार वितरण गरेका थिए । महासंघ र वाग्मती प्रदेश बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगितामा ५४ जना खेलाडी सहभागी थिए ।