२०८१ बैशाख १३, बिहीबार    

एमाले थाहा नगरमा विवाद, टुंगिएन उम्मेदवार

२०७८ चैत्र २६, शनिबार १६:२० बजे

विवादका कारण एमाले थाहा नगरले उम्मेदवार टुंग्याउन असफल भएको छ ।

वैशाख २० गतेको स्थानीय तह निर्वाचनका एमाले थाहा नगर सर्वसम्मति जुटाउन नसकेपछि दुई÷दुईजनाको नाम सिफारिस गरिएको छ । एमाले थाहा नगरको वैठकले प्रमुख र उपप्रमुख पदका लागि दुई÷दुई जना सिफारिस गरेको हो । प्रमुख पदका लागि बिष्णुप्रसाद ढकाल र शशीधर सुबेदीलाई सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रमुखमा कल्पना बलामी र चमेली वाइवालाई सिफारिस गर्ने निर्णय गरेको हो ।

एमाले थाहा नगरपालिकाले वडा नम्बर १, ३, ५, ७, ८, ९, ११ मा सर्वसम्मत उम्मेदवार टुंगो लगाइसकेको छ । १ मा प्रदिप प्रधान, ३ मा सुजनकुमार रायमाझी, ५ मा बिष्णुबहादुर गुरुङ, ७ मा शम्भु खत्री, ८ मा हेम थिङ, ९ मा विजय बलामी, ११ मा धनबहादुर गोलेसहित सबै वडामा सदस्यहरु निर्विरोध गरेका छन् ।

वडा २ मा गुप्तबहादुर कार्की र मधुकर विक्रम श्रेष्ठ, ४ नम्बरमा रामराजा केसी र जितबहादुर थोकर, ६ नम्बरमा बिष्णु बहादुर बलामी, मनहरी भट्ट र फणिन्द्र नाथ सुवेदी, १० नम्बरमा हिराबहादुर गमाल र हरि गोपाली, १२ नम्बरमा मानबहादुर स्याङ्तान, राजेन्द्रकुमार लामा, मनन स्याङ्तान र युवराज गोलेको उमेदवारी रहेको छ ।