२०८१ बैशाख ७, शुक्रबार    

लागूऔषध कोडिबेलसहित अनिल र अरमान पक्राउ

२०७९ आश्विन २९, शनिबार १५:२० बजे

मकवनपुर प्रहरीले लागूऔषध कोडिबेलसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका ४ का ३२ वर्षीय अनिल श्रेष्ठ र २५ वर्षीय अरमान अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले बिरगंबाट हेटौंडातर्फ आउँदै गरेको ना ५७ प ३४९ नम्बरको मोटरसाईकललाई रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा मोटरसाईकलमा लुकाई छिपाई ल्याएको लागूऔषध कोडिवेल १२ बोतल फेला परेको हो । प्रहरीले अन्सारी र श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।