२०८१ बैशाख २३, आईतबार    

नेवि संघद्वारा उपमहानगरको ध्यानाकर्षण

२०८० श्रावण ३०, मंगलबार १७:४४ बजे

नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईं समितिले हेटौंडा उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

क्याम्पस संयोजक सागर घिमिरेले विद्यार्थी नेतृत्वको समूहले हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामालाई विभिन्न ५ बुँदे सुझावसहित ध्यानाकर्षण पत्र बुझाएको हो । समग्र शैक्षिक क्षेत्रको विकासका लागि केही दुर्गामी नीतिगत तथा संरचनागत समस्याको समाधानका लागि मेयरको ध्यानाकर्षण गराइएको घिमिरेले बताए ।

उनका अनुसार विद्यार्थीलाई सवारी सधानमा राज्यले दिएको छुट उपलब्ध गराउनुपर्ने, उपमहानगर बाहिरका विद्यार्थीका लागि छात्राबासको व्यवस्था, विद्यालय तथा क्याम्पस क्षेत्रमा सवारीसाधानको गतिलाई नियन्त्रण गर्न आग्रह गरिएको छ ।

विद्यार्थीले विद्यालय तथा क्याम्पसको २०० मिटर वरिपरि धुमपान, सूर्तिजन्य पदार्थ तथा मदिराको विक्रीवतरण रोक लगाउने भनिएपनि त्यसको पूर्णरुपमा कार्यान्वयन नभएको विषयमा समेत उपमहानगरको ध्यानाकर्षण गराएको छ । विद्यार्थीलाई शिक्षासँगै सीपमूलक कार्यमा समेत समेट्न समेत उनीहरुले सुझाएका छन् ।