हेटौंडा उपमहानगरपालिकाकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण प्रक्रिया सुरु गरेको छ ।
वडा तहमा पुगेर चालु आर्थिक वर्षको समीक्षा तथा आगामी वर्षको योजनाको विषयमा छलफलपश्चात् उपमहानगरपालिका बजेट निर्माण जुटेको हो ।
उपमहानगरपालिकाको १५ औं अधिवेशन असार २ गतेहुँदैछ । ऊक्त दिन नीति तथा कार्यत्रम र वार्षिक आयव्यय मात्र सार्वजनिक गर्ने तयारी भइरहेको उपमेयर राजेश बानियाँले जानकारी दिए । उनका अनुसार शुक्रबार बसेका ४४ औं कार्यपालिका बैठकले आगामी आवको आयव्यय विवरणसहितको प्रस्ताव अधिवेशनमा पेश गर्ने निर्णय भएको बताए ।
‘अघिल्लो वर्ष हामीले खानेपानीलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेका थियौं । हामीले जनतासँग निर्वाचनमा गरेको वाचा पूरा गरेका छौं । हामीले खानेपानी दिने भनेको न्यूनतम महसुल छुट दिएका छौं ।’, बानियाँले आगामी आवमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माणको कार्य भइरहेको बताए ।
‘अबको हाम्रो प्राथमिकता शिक्षा हो । यसक्षेत्रलाई कसरी सुधार गर्ने भनेर योजना निर्माण गरिरहेका छौं ।’, बानियाँले उपमहानगरभिक्र त्रमशः भौतिक पूर्वाधारको काम अगाडि बढिरहेको बताए । ‘बाटो, खानेपानीलगायत भौतिक पूर्वाधारका कामहरु भइरहेका छन् । अब शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्नेमा सवै जनप्रतिनिधिको एकमत रहेको छ ।’, उनले भने ।
उपमहानगरले गतआवको तुलनामा यसवर्ष करिब गतआवको तुलनामा करिब ४० करोड रुपैयाँ बजेट घट्ने अनुमान गरेको छ । गतआवमा करिब २ अर्ब ६० करोड रुपैयाँको कुल बजेट उपमहानगरले कार्यपालिकामा पेश गरेको थियो ।