२०८१ बैशाख १४, शुक्रबार    

हेटौंडामा खहरेबाट नदिजन्य पदार्थ उत्खनन् गर्ने तयारी

२०७९ भाद्र २५, शनिबार १४:२७ बजे

हेटौंडा उपमहानगरपालिकाले विभिन्न स्थानमा रहेको खहरेबाट नदिजन्य पदार्थ उत्खनन् गर्ने तयारी गरेको छ ।

नगर कार्यपालिकाको वैठकले आन्तरिक आम्दानी बढाउन हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर–६, ७, ८, १५, १६, १७ र १८ हुँदै बग्ने खहरे खोलाहरुबाट नदिजन्य पदार्थहरु दिगो रुपमा उत्खनन् र संकलनका लागि तयार भएको प्रारम्मिक वातावरणीय परिक्षण प्रतिवेदन २०७९ को प्राविधिक प्रतिवेदन जिल्ला समन्वय समितिमा पेस गर्ने निर्णय गरिएको हो । गत आव २०७८–०७९ मा कार्यान्वयन भएका तीन वटा प्रारम्मिक वातावरणीय परिक्षण प्रतिवेदन जिल्ला समन्वय समितिमा पठाउने निर्णय वैठकले गरेको छ ।

बैठकले कर्मचारीहरुको तह वृद्धि गर्ने, सेवा परिवर्तन गरेका कर्मचारीको सेवा परिवर्तन बदर गर्ने, टोल विकास संस्था गठन परिचालन कार्यविधि कानून मस्यौदा समितिमा पठाउने, अतिरिक्त सेवा सुविधा सम्बन्धि कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरिएको छ ।