२०८१ जेठ ४, शुक्रबार    

एनएसएलमा मकवानपुरका आठ खेलाडी विक्री

२०७८ फाल्गुन २१, शनिबार १४:४८ बजे

हेटौंडा/ नेपाल सुपर लिग (एनएसएल) मा मकवानपुरका आठ फुटबलरले विभिन्न क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् ।

एनएसएलको शुक्रबार भएको अक्सनबाट उनीहरु विभिन्न क्लबमा आबद्ध भएका हुन् । राष्ट्रिय टोलीका सदस्य तथा सहिद स्मारक ए डिभिजन लिगका सर्वोत्कृष्ट खेलाडी सुनिल बल नेपाल सुपर लिग (एनएसएल) टिम काठमाडौं रेजर्समा अनुबन्धित भएका छन् । अक्सनमा सुनिललाई महङ्गो मुल्यमा अनुबन्धन हुने मकवानपुरे खेलाडी बने । काठमाडौं रेजर्सले गोल्डेन बजर्समार्फत ३ लाख ५० हजारमा सुनिललाई किनेको हो ।

मकवानपुरका रञ्जन विष्ट एकलाख र विके तामाङ ५० हजार रुपैयाँमा झापा एफसीमा आबद्ध भएका छन् । झापाले हेटौंडेली खेलाडी अञ्जन विष्टलाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरेको थियो ।

मकवानपुरका गोलरक्षक रोहित कार्की विराटनगरमा आबद्ध भएका छन् । उनी १ लाख ५० हजरमा आबद्ध भएका हुन् । गोलरक्षक अशोक बराल एफसी चितवनमा अनुबन्धित भएका छन् । उनलाई चितवनले १ लाख मुल्यमा अनुबन्ध गरेको हो । हेटौंडेली डिफेन्डर विमल पाण्डे १ लाख ५० हजार रुपैयाँमा ललितपुर सिटीमा विक्री भएका छन् । हेटौंडाकै रवि थिङ एकलाख रुपैयाँमा एफसी धनगढीबाट खेल्ने भएका छन् ।