२०८१ बैशाख १७, सोमबार    

बालजागृतिका विद्यार्थीले गरे विज्ञान प्रदर्शनी

२०७९ भाद्र ३१, शुक्रबार १६:४७ बजे
१० औं राष्ट्रिय बिज्ञान दिवसको उपलक्ष्यमा "बिज्ञान र प्राविधिमा लगानीको बिस्तार :समुन्नति र समृद्धिको आधार" नाराका साथ बालजागृति ईंग्लिश सेकेन्डरि स्कूलका कक्षा १ देखी १० कक्षा सम्मका विद्यार्थीहरूले विज्ञान प्रदर्शनीमा आफ्नो वैज्ञानिक र तार्किक पराक्रम देखाएका छन् ।
स्कुलका प्रधानाध्यापक  बिनोद सुबेदिले आफ्ना विद्यार्थीसँग उनिहरु भित्र रहेका प्रतिभालाई कसरी हामिले आहिलेको बिज्ञान र प्राविधि सङ जोडछ्न भन्ने उदेश्यले कार्यक्रम गरिएको  बताए । ४०० देखि ५०० विद्यार्थीहरूले यस कार्यक्रममा समुह बनाइ आफ्नो प्रोजेक्ट बनाएका थिए ।
 
विषय–स्वास्थ्य, प्रविधि र वातावरणले उनीहरूले तयार पारेका पचास भन्दा बढी मोडलको रूपमा आफ्नो वैज्ञानिक योग्यता प्रदर्शन गरेका थिए । कार्यक्रमको प्रमुख आकर्षक र जुनियर स्कूलका उदीयमान विज्ञान उत्साहीहरूले रंगीन र काम गर्ने मोडेलहरू प्रदर्शन गरे जस्तै सौर्यमण्डल, रेन वाटर हार्वेस्टिङ, ज्वालामुखी आदि र सबैलाई प्रभावित पारे।
कार्यक्रममा अतिथिका रुपामा विद्यार्थीका अभिभावक,पत्रकार र शिक्षक-शिक्षिकाहरुको उपस्थिति रहेको सुबेदिले बताए । यो साँच्चै सबैको लागि एक धेरै अन्तरदृष्टि र आकर्षक सिक्ने अनुभव थियो।