२०८१ बैशाख १५, शनिबार    

मनहरीका शिक्षकले पाउने भए मासिकरुपमै तलब

२०८० श्रावण ५, शुक्रबार १३:४० बजे

मकवानपुरको मनहरी गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकहलाई मासिकरुपमा तलब उपलव्ध गराउने भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ देखि नै सामुदायीक विद्यालयका शिक्षकहरुलाई मासिक रुपमा तलव उपलव्ध गराउने भएको हो ।

यसअघि त्रैमासिकरुपमा संघीय सरकारको सशर्त अनुदानबाट तलब भत्ता खाने शिक्षकहरु ( दरवन्दी राहत अनुदान कोटाका शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारी ) लाई गाउँपालिकाले मासिकरुपमै तलव भत्ता उपलव्ध गराउने नीति ल्याएको शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाले जानकारी दिए ।

गाउँपालिकाले ठूलो लगानी गरेको शिक्षा क्षेत्रमा शिक्षकरुको मनोबल वृद्धि र प्रोत्साहनका लागि पनि यो कदम अघि सारिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।

‘जबसम्म शिक्षकको आवश्यकता परिपूर्ति र उनीहरुको श्रमको उचित मूल्यांकन हुँदैन, तबसम्म शिक्षामा परिवर्तन सम्भव छैन’, शिक्षा समितिका संयोजक समेत रहेका अध्यक्ष कालाखेतीले भने,‘त्यसैले यसवर्षदेखि मासिकरुपमा उहाँहरुको वैंक खातामै जानेगरी तलव भत्ता दिनेछौँ ।’