२०८१ बैशाख १७, सोमबार    

महेन्द्र किरण माविमा विद्यार्थी सम्मानित

२०८० आश्विन २८, आईतबार १६:०९ बजे

महेन्द्र किरण माध्यमिक विद्यालय हेटौंडा–३, बसामाडीले उत्कृष्ट नतीजा ल्याउन विद्यार्थीलाई सम्मानित गरेको छ ।

विद्यालयले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा गतवर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने तीनजना विद्यार्थीलाई सम्मानित गरेको हो । विद्यालयले रोशन लामिछाने, जेनिसा उप्रेती तथा सर्वज्ञा बर्तौलालाई क्रमशः ५ र ३ हजार रुपैयाँ नगदसहित सम्मानित गरिएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्कबहादुर पाख्रिनको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका–३ का वडाअध्यक्ष ढलकबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

विद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष रोशन गोले, प्रधानाध्यापक तारा गौतम, वडाका शिक्षा समिति सदस्य तथा बालउज्ज्वल मावि लेवटका अध्यक्ष टेकनाथ शिवाकोटीको भेलामा विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यार्थीले आकर्षक नृत्य प्रस्तुत गर्दै उपस्थित सवैलाई मनोरञ्जन प्रदान गरेका थिए ।