२०८२ जेठ ३, शुक्रबार    

स्वतन्त्र उम्मेदवारले प्रसिद्धलाई सहयोग गर्ने

२०८१ चैत्र ४, सोमबार १९:२१ बजे

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा सत्तापक्ष गठबन्धनलाई समर्थन गर्नेको लर्को लागेको छ ।

अखिल क्रान्तिकारीको प्यानलबाट सदस्यको उम्मेदवार बनेका बुद्ध बराम र रामकृष्ण घोरासैनीले अनेरास्ववियुका तर्फबाट सभापति पदका उम्मेदवार प्रसिद्ध रेग्मीलाई समर्थन गरेको २४ घण्टा नपुग्दै स्वतन्त्र उम्मेदवारले पनि उनलाई सघाउने भएका हुन् । स्ववियु निर्वाचनमा स्वतन्त्रकोबाट सभापतिका उम्मेदवार बनेका पुष्कर घिमिरेले रेग्मीलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले आफ्नो सम्पूर्ण समर्थकलाई आफूले उम्मेदवारी फिर्ता लिएको र रेग्मीको पक्षमा मतदान गर्न समेत अपिल गरेका छन् । उनले विद्यार्थीको हितमा काम गर्न सक्ने सक्षम नेतृत्व रेग्मीकै नेतृत्वमा तयार हुने भन्दै सहयोग गर्न सम्पूर्ण विद्यार्थीलाई आग्रह गरेका हुन् । रेग्मी एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेपाल विद्यार्थी संघका उम्मेदवार हुन् ।

विद्यार्थीको निर्वाचन मंगलबार हुँदैछ ।