२०८१ बैशाख १६, आईतबार    

ग्लोबल बैंकबाट प्रदेश प्रहरीलाई टेलिभिजन र वाईफाई सहयोग

२०७९ भाद्र ९, बिहीबार १४:१३ बजे

ग्लोबल आईएमई बैंक हेटौंडा शाखाले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडालाई टेलिभिजन र वाईफाई सहयोग गरेको छ । बुधबार बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एक थान 55" 4K यूएचडी एण्ड्रोइड  टिभी र एक थान वाईफाई राउटर प्रहरी कार्यालयलाई सहयोग गरेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयमा  एक समारोह बिच  प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यलाई टिभी र वाईफाई हस्तान्तरण  गरिएको बैंक हेटौंडा शाखा व्यवस्थापक रविन  दाहालले जानकारी दिए ।

महानिरीक्षक बज्राचार्यले आफ्नो कार्यक्षेत्र ललितपुर रहँदा आफ्नो कार्यालयको लागि ग्लोबल आईएमई बैंकले १० थान ४२ इन्चको एलइडीटिभी सहयोग गरेको बताइन् । उनले आगामी दिनमा बैंकसँग आफूहरु सहकार्य गर्न तत्पर रहेको जिकिर गर्दै मकवानपुरमा आफ्नो यस्तो सहयोग पाउँदा खुशी  समेत व्यक्त गरिन्।