२०८३ असार ७, आईतबार    

एनएसजेएफमा नयाँ नेतृत्व चयन

२०८२ बैशाख २५, बिहीबार २१:१७ बजे

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को बिहीबार सम्पन्न २० औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

राजधानीमा सम्पन्न साधारणसभाबाट निरञ्जन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । अध्यक्ष, महासचिव, सचिव र सदस्य पदमा निर्वाचन भएको थियो । प्रथम उपाध्यक्ष रहेका अधिकारीले प्रत्याशी प्रकाश तिमल्सिनालाई हराएका थिए । महासचिवमा अञ्जन खड्का र सचिवमा अनिल मल्ल ठकुरी निर्वाचित भए । खड्काले राजु घिसिङ र ठकुरीले गोविन्दराज नेपाललाई हराए ।

प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षद्वयमा सन्जिव सिल्पकार र गोविन्द रेग्मी निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने मुना कार्की र महिला सदस्यमा नमिता दाहाल निर्विरोध चुनिएका थिए ।

तीन सदस्य पदका लागि ५ सदस्य प्रत्याशी थिए । त्यसमा रमेश सुवेदी, कविरस शर्मा र अभिनव जोशी विजयी भए । भूपेश उपाध्याय र विनयज्योति सापकोटा पराजित भए । बाँकी सदस्यहरू कार्यसमितिले चयन गर्नेछ ।

निर्वाचनअघि २० औं साधारण सभाले महासचिव प्रज्वल ओलीको सांगठनिक प्रतिवेदन र कार्यवाहक कोषाध्यक्ष मुना कार्कीको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरेको थियो ।