२०८१ बैशाख १७, सोमबार    

गोल्डेन बुटको दौडमा एमबाप्पे अगाडि

२०७९ मंसिर १९, सोमबार ११:१७ बजे

फ्रान्सका युवा सुपर स्टार किलिएन एमबाप्पे कतारमा जारी फिफा विश्वकप २०२२ को सर्वाधिक गोलकर्ताको होडमा अगाडि रहेका छन् ।

अन्तिम १६ अन्तर्गत आइतबार पोल्याण्ड विरुद्ध दुई गोल गर्दै एमबाप्पेले यस विश्वकपमा गोल संख्या ५ पुर्याएका छन् । दुई असिस्ट समेत गरेका उनी गोल्डेन बुटका लागि दाबेदार देखिएका छन् ।

एमबाप्पेको दुई र ओलिभर जिरुडको एक गोल मद्दतमा पोल्याण्डलाई ३–१ ले हराएर फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सले कम्तीमा पनि अझै एक खेल खेल्ने पक्का छ । त्यसमा पनि गोल गरेमा एमबाप्पेले गोल संख्या अझ बढाउनेछन् ।