२०८१ बैशाख १२, बुधबार    

हेटौंडामा दीपक सिंह तेस्रो स्थानमा झरे

२०७९ जेठ ४, बुधबार २२:५१ बजे

हेटौंडाका उपमहानगरपालिकाको मेयर पदको चुनावी प्रतिस्पर्धा रोमाञ्चक मोडमा अगाडि बढेको छ ।

राति १०:३० बजेसम्मको मत परिणाम अनुसार गठबन्धनका उम्मेदवार मीना लामा पहिलो स्थानमा रहेका छन् । दोस्रो स्थानमा नेकपा एमालेका अनन्तप्रसाद पौडेल रहेका छन् । तेस्रो स्थानमा राप्रपाका दीपकबहादुर सिंह रहेका छन् । कुल ४४ हजार ९७५ मत गणनाहुँदा गठबन्धनकी उम्मेदवार लामाले १३ हजार ९११ मत प्राप्त गरेकी छिन् ।

दोस्रो स्थानमा रहेको एमालेले १२ हजार ८९६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका सिंहले १२ हजार ८७६ मत प्राप्त गरेका छन् ।