२०८१ बैशाख १५, शनिबार    

प्रक्रिया मिचेर ऐन निर्माण गर्दै प्रदेश सरकार

२०८० बैशाख १८, सोमबार २१:२८ बजे

बागमती प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ४ वटा ऐन निर्माण भएका छन् ।

गत पुस १८ गतेबाट सुरु भएको अधिवेशनमा प्रदेशसभाबाट २ वटा अध्यादेशको प्रतिस्थान र २ वटा विधेयक पास भएका छन् ।

ती विधेयक पास भए लगत्तै प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १८३ को उपधारा २ बमोजिम वैशाख १२ गते बुधबार राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

सरकारले प्रदेशसभा नियमावलीको नियम १११ को व्यवस्था अनुसार ती विधेयक पास गर्नका लागि विभिन्न नियम निलम्बन गरेको हो । उक्त नियम निलम्बन संसदीय अभ्यासमा स्वाभाविक प्रक्रिया मानिँदैन ।