२०८१ बैशाख १७, सोमबार    

बालेन र सुनिताद्वारा हेटौंडाको मानवसेवा आश्रम अवलोकन

२०७९ जेठ ३०, सोमबार ११:२३ बजे

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उप-प्रमुख सुनिता डंगोलले मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडाको अवलोकन गरेका गरेका छन् । 

सोमबार र मंगलबार बागमती प्रदेश सरकारले प्रदेश भित्र रहेका सम्पूर्ण स्थानीय तहहरूका प्रमुख र उप प्रमुखहरूलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रममा हेटौंडा गएको समयमा प्रमुख शाह र उपप्रमुख डंगोलले संयुक्त रूपमा आश्रमको अवलोकन गरेका हुन् ।

यस क्रममा मानवसेवा आश्रमका प्रमुख संस्थापक/ केन्द्रीय अध्यक्ष रामजी अधिकारीले संस्थाले हालसम्म देशभरमा गरिरहेको कार्य, काठमाडौँ महानगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माणका लागि गरिएका प्रयासहरू र आगामी योजनाहरूमा बारेमा जानकारी गराएका थिए ।